गाईघाट । त्रियुगा नगरपालिकाका सडक बत्ती पुन: बल्ने भएका छन । त्रियुगा नगर प्रमुख वसन्त बन्सेतले आज बिद्युत प्राधिकरण सँग एक सम्झौता गरे पश्चात सडक बत्ती बल्ने भएको हो ।
त्रियुगा नगरपालिकाको स्थापना काल देखि बक्यौता रहेको वैद्युत महसुलको पैसा देखाउदै बिद्युत प्राधिकरणले नगरपालिकाका सडक बत्ती काटेको थियो ।
आज बिद्युत प्राधिकरण र नगरपालिकाले एक सम्झौता गर्दै आउदो आर्थिक बर्षमा किस्ताबन्दीमा बक्यौता रकम मिलान गर्दै जाने सर्तमा सडक बत्ती बल्ने भएको हो ।
नगरपालिका तर्फबाट नगर प्रमुख वसन्त बस्नेतले र बिद्युत प्राधिकरणका तर्फबाट केन्द्र प्रमुख बिजय कुमात खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
नगरपालिकाले हाल बिद्युत प्राधिकरणलाई दुई करोड सतरी लाख एक हजार एक सय नौ रुपैया बक्यौता तिर्नु पर्ने रहेको छ ।
आउदो आर्थिक बर्षमा बक्यौता रकम मिलान गर्ने सर्तमा सम्झौता गरिएको र अब आजै बाट नगरपालिकाका सडक बत्ती बल्ने नगरप्रमुख बस्नेतले बताउनु भयो ।