त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, नगर शिक्षा शाखाको समन्वय र नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा दोस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ शिल्ड प्रतियोगिता आज बाट शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे खेलकुद सप्ताहमाको आज नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका हुन ।
थारुहट रंगशालामा हुने प्रतियोगितामा त्रियुगा नगरपालिका भरिका सामुदायीक र संस्थागत गरि ३१ वटा माध्यमिक विद्यालयहरु सहभागी रहेका छन । चार दिन सम्म चल्ने प्रतियोगितामा ५ विधाका खेलहरु समाबेस गरिएको छ। भलिबल (महिला पुरुष), कवड्डी (महिला पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरि ५ विधाका खेलहरुलाई प्रतियोगितामा समाबेश गरिएको नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष विजय शिंहले जानकारी दिए ।
विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराएको र हरेक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिता मार्फत विद्यार्थीलाई पुरस्कृत गर्दै लैजाने योजना अनुसार प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरेको नगर प्रमुख बस्नेतले उल्लेख गरे । नगरपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताउदै प्रमुख बस्नेतले प्रतियोगितालाई भब्यरुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण सरोकार निकाय र सहभागी बिद्यालयका सम्पूर्ण टिमलाई आग्रह समेत गर्नु भयो ।