उदयपुर । बाल अपाङ्ग टेवा संस्थाको सहयोग तथा त्रियुगा नगरपालिकाको संयोजनामा युवा तथा बालबालिकालाई व्हीलचेयर वितरण गरिएको छ । त्रियुगा नगरपालिका नगरप्रमुख बसन्त बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४४ जना हिडडुल गर्न नसक्ने युवा तथा बालबालिकालाई व्हीलचेयर वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका र शारिरिक स्थिति कमजोर परेकालाई व्हिलचेयर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
त्रियुगा नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बसन्त बस्नेतले बालबालिकाको निरन्तर सेवा तथा बाल अधिकार स्थापनाका लागि काम गर्दै आएको बाल अपाङ्ग टेवा संस्थाले गरेको कार्यप्रति धन्यवाद व्यक्त गरे ।
सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएकोमा संस्थालाई धन्यवाद दिँदै त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले अपाङ्गता भएका बालबालिकालाई यस किसिमको सहयोगका लागि सहयोगी संस्थाको लागि धन्यवाद व्यक्त गरिन ।