दोस्रो प्रादेशिक महोत्सवको तयारीमा जुट्यो त्रियुगा

व्यापार व्यवसायीको एकै स्वर त्रियुगा एउटा इतिहास हो कसैले मेट्न खोजेर मेटिन्दैन
Logo
खेमराज दाहाल बिहिबार, पुष २६, २०८०

गाईघाट । त्रियुगा उद्योग बाणिज्य संघले दोस्रो प्रादेशिक महोत्सवको तयारीलाई तिव्रता दिएको छ । त्रियुगा नगरपालिका र जिल्ला समन्वय समितिबाट फाल्गुण १ गते देखि फाल्गुण १० गते सम्म महोत्सव लगाउने अनुमती र सहयोग पाएको त्रियुगाले आज यस क्षेत्रका विभिन्न संघ संस्था, व्यापार व्यवसायी तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

व्यापार व्यवसायको संवर्द्धन र प्रवर्द्धन गर्दै व्यापारीहरुको हकहितमा लाग्ने पुरानो व्यापारीको छाता संगठन त्रियुगाको सक्रियता पछि गाईघाटका व्यापारी सन्तुष्ट देखिएका छन । उदयपुरको सदरमुकाम समेत रहेको गाईघाट बजार र त्रियुगा नगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर व्यापार व्यवसायको प्रवर्द्धन गर्दै व्यापारीको मन जितेर स्थापित भएको संस्थालाई केही व्यापारीले विस्थापित गर्न खोजेको त्रियुगा उद्योग बाणिज्य संघले अहिले आफ्नो पंखा खोलेर उडान सुरु गरेको छ ।

बिशुद्ध व्यापार व्यवसायीको हक हित र व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यले खोलिएको संस्थालाई धरासायी बनाई केही मानिसको बहकावमा लागेर त्रियुगाका व्यापार व्यवसायीको एकतालाई भाड्ने काम गरिदै आएकोमा त्रियुगाको सक्रियता संगै व्यापारीहरुमा एकता देखिदै आएको छ ।

आफ्नो पहिचान र नाम दिएको संस्थालाई मेटाउन उद्धत केही व्यापारीहरुको स्वार्थी मनोभावनालाई बुझ्दै गाईघाटका व्यापारीहरुले त्रियुगा उद्योग बाणिज्य संघलाई उचाईमा पुर्याउन सक्दो सहयोग गर्ने र एक भएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । नेपाल उद्योग बाणिज्य महासंघमा दर्ता भएर संघको शाखाको रुपमा व्यापार व्यवसायीको हितमा काम गर्दै आएको संस्था त्रियुगा उद्योग बाणिज्य संघ मात्र भएको भन्दै गाईघाट बजारका व्यवसायीले त्रियुगालाई आफ्नो संगठनको मेरुदण्ड भएको बताउने गरेका छन ।

आफ्नो दोस्रो प्रादेशिक महोत्सवको आयोजना गर्न लागेको संस्थाले आफ्नो महोत्सवलाई सफल बनाउन जिल्लामा रहेका विभिन्न संघ संस्था, व्यापार व्यवसायी, पत्रकार, राजनीतिक दल, बिद्यालयका प्रधानाध्यापक, विद्यार्थी, कार्यलयका प्रमुख तथा जिल्लाका सुरक्षा प्रमुखहरु सँग बसेर छलफल अगाडि बढाउदै आएको छ ।

आफ्नो बार्षिक क्यालेन्डर अन्तर्गत उदयपुरको गाईघाट स्थित बरुवा बसपार्कमा दोस्रो प्रादेशिक महोत्सव गरि महोत्सवमा प्रदेश भरिका १४ जिल्लाका स्थानीय उत्पादन र महत्वपूर्ण उत्पादनलाई बजारीकरण गर्दै त्रियुगाका उत्पादनलाई देश बिदेशमा समेत बजारीकरण गर्नु महोत्सवको मुख्य उदेश्य रहेको छ । महोत्सव र आफ्नो अभियानलाई सफल बनाउन त्रियुगा उद्योग बाणिज्य संघले प्रदेश सरकार, स्थानीय सरकार, नेपाल उद्योग बाणिज्य संघ र व्यापार व्यवसायी सँग छलफल तथा अन्तरक्रिया गर्दै आएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry