७४ बर्षको उमेरमा नागरिकता पाउदाको खुसी

Logo
खेमराज दाहाल शुक्रबार, पुष २७, २०८०

उदयपुर । ७४ बर्षको उमेरमा नागरिकता पाएपछि उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर १ की भुटी सदा दंग छन । ७४ बर्ष पुग्दा समेत उनले नागरिकता पाएकी थिइनन ।

नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने र नागरिकता बनाएपछि हुने फाइदाबारे थाहा नहुँदा उनले नागरिकता नबनाएको उनका आफन्त बताउछन ।

बिगतका एक दुई बर्ष देखि नागरिकता लिने प्रयास गरे पनि नागरिकता पाउन नसकेकी भुटी सदालाई जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत सुरेन्द्र गौतमले पुस २० गते शुक्रवार नागरिकता हस्तान्तरण गरे ।

त्रियुगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज चौधरीले उनलाई नागरिकता दिलाउन गाउमा सर्जिविन मुचुल्का बनाउन देखि सम्पुर्ण ठाउँमा आफै पुगेर उनलाई आफ्नो सवारी साधनमा बसाएर सदरमुकाम ल्याई शुक्रवार उनको हातमा नागरिकता राखिदिदा आफुले नागरिकता पाएको भन्दा खुसीको क्षण भएको सुनाए ।

२००७ सालमा जन्मिएकी ७४ बर्षिय भुटी सदाले नागरिकता मात्र पाइनन उनले जीवन जिउने साहारा समेत पाएकी छन । उमेरले सात दशक काटिसकेकी सदाले नेपाली नागरिक भएको पहिचान समेत नपाउदा राज्यले दिएको सम्पुर्ण सेवा सुविधाबाट बञ्चित रहिन । नागरिकता पाए सँगै राज्यले दिने मासिक वृद्ध भत्ता पाउने भए पछि भुटिका आँखामा रसिला मोती आँसु टिलपिल थिए ।

पहिले नागरिकता बनाएर के गर्न छ र भनेर नागरिकता बनाईनन तर पछिल्लो समय वृद्ध भत्ता समेत नपाए पछि नागरिकताका प्राप्त गर्न वडा धाउन थालिन । उमेर र ताकतले चाहेको ठाउँ सम्म पुग्न नसकेर सम्पुर्ण कागजात जम्मा गरेर नागरिकता प्राप्त गर्न नसकेकी भुटीले वडा अध्यक्ष चौधरी सँग गएर नागरिकता बनाउन आफुलाई सहयोग गर्न बिनती गरिन ।

आफ्नो हजुरमा उमेरको मान्छेले नागरिकता नपाएर राज्यले दिएको सेवा सुविधाबाट बञ्चित भएको आफ्नो वडाको नागरिक देखे पछि त्यति खेरै अध्यक्ष चौधरीले अठोट गरे र प्रतिबद्धता ब्यक्त गरे । “तपाईलाई म नागरिकता दिलाएर छाड्छु आमा !”

उनको गाउँबाट सर्जिविन मुचुल्का तयार गरि वडा बाट सिफारिस सहित उनलाई आफ्नो सवारीसाधान मोटर साइकलको पछाडि राखेर वडा अध्यक्ष मनोज चौधरी सदरमुकाम हानिए र जिल्ला प्रशासन कार्यलय पुगे । नागरिकता फाँट पुगे । उनले ल्याएका कागज पुगेन । फाँटले नपुगेको कागज पुर्याएर ल्याउन आग्रह सहित फर्कायो । उनले त्यति बेलै जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सुरेन्द्र गौतमसँग परिचय गर्ने अवसर पाए ।

भुटीलाई लिएर वडा अध्यक्ष चौधरी फर्किए । अपुग कागजपत्र बनाएर शुक्रवार चौधरी पुनः भुटिलाई आफ्नो मोटरसाइकलको पछाडि राखेर उनी सदरमुकाम हानिए । अपुग कागजपत्र सँगै पुगेका उनको काम फटाफट भयो भुटीले नागरिकता पाइन । यति सम्म कि भुटीले नागरिकता मात्र पाइनन नेपाली नागरिक भएर राज्यले दिने सेवा सुविधा पाइन र जिउने आधार पाइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry