लोकतान्त्रिक –वाम गठबन्धनले मात्र शान्ती सम्झौतालाई निष्कर्षमा पुर्याउन सक्छ : नेता सिटौला

Logo
शनिबार, पुष २८, २०८०

उदयपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकता अझै बढ्दै गएको बताएका छन ।

राष्ट्रियसभाको निर्वाचन नजिकिदै जाँदा उदयपुरका मतदाताहरु सँग भेट्न आएका नेता सिटौलाले १२ बुँदे सहमतिका शिर्ष नेता एकै ठाउँ भएको गठबन्धन अहिले नबनेर त्यसैबेला बनेको र त्यस १२ बुँदे सहमतीलाई टेकेर भएको शान्ती सम्झौतालाई निष्कर्षमा पुर्याउनु पनि गठबन्धनको आवश्यक र औचित्य बढेको बताए ।

कोशी प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार समेत रहेका नेता सिटौलाले संबिधानको मर्म र भावानालाई कार्यन्वयन गर्न पनि अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहेको भन्दै गठबन्धनको तर्फबाट आफू साझा उम्मेद्वार रहेको र संसदमा पुगेर संघीयतालाई कार्यन्वयन गराउन आफू प्रतिबद्ध भएर लाग्ने उल्लेख गरे ।

माओवादी द्वन्दलाई समाधान गर्न आफ्नो पनि भूमिका रहेको सम्झिदै नेता सिटौलालाले भने, “अहिलेको गठबन्धनका नेताले नै माओवादी द्वन्द समाधान गरे र अहिले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छन त्यसमा म पनि संसदमा पुग्दा आफ्नो अनुभवले सहयोग पुग्नेछ ।” कोशी प्रदेशबाट नेता सिटौला सँगै राष्ट्रियसभाका लागि गठबन्धनका तर्फबाट चम्पा कार्की अर्को उम्मेद्वार रहेकी छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry