त्रियुगा नमुना मावीको ५७ औं बार्षिकोत्सब, मेयर बस्नेतले गरे उद्घाटन

Logo
बुधबार, माघ २४, २०८०

उदयपुर – कोशी प्रदेशकै अग्रणी बिद्यालय त्रियुगा नमुना माध्यमिक विद्यालयले मंगलबार ५७ औं बार्षिकोत्सव धुमधामका साथ मनाएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले बार्षिकोउत्सव कार्यक्रमको उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले त्रियुगा नमुना बिद्यालय नगरपालिकाको एक इतिहास र गौरवको बिद्यालय भएको भन्दै विद्यालय ब्यबस्थापन समिति , प्रअ तथा विद्यालय प्रशासनलाई धन्यवाद दिए ।

नगरप्रमुख बस्नेतले आफुले अध्ययन गरेको बिद्यालय भएको हुनाले पनि गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । नगरप्रमुख बस्नेतले पढाईको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

आगामी आर्थिक बर्षमा बिद्यालयको पढाई गुणस्तरमा थप सुधार ल्याउने, विद्यालयमा थप सिसि क्यामेरा जडान गर्ने, विद्यालयको पछाडि पटिक सडक साइडको जग्गामा अन्डर पार्किङ सहितको सपिङ्ग कम्प्लेक्सको रुपमा निर्माण गर्ने गरि योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेले बताए ।

विद्यलयका नाममा रहेका जग्गा जहाँ जस्ले अतिक्रमण गरेको छ त्यसलाई फिर्ता ल्याउन पहल गर्ने र भोगचलनमा ल्याउने र दुर्गमका विद्यार्थीका लागि होस्टेलको ब्यबस्था गर्ने लगाएतका कार्यक्रम बिद्यालयले आवको आउदो समयमा गर्दै जाने बिद्यालयका प्रधानाध्यापक सुबाश बिष्टले बताए ।

त्रियुगा नमुना बिद्यालयको पढाईको गुणस्तर सुधार गर्न र समग्र नगरपालिकाको शिक्षा सुधारका लागि नगर शिक्षा शाखाको टिम र आफू निरन्तर अनुगमनमा रहेको उप प्रमुख महेश्वरी राईले बताइन ।

यस्तै ५७ औ वार्षिक उत्सब तथा अभिभावक भेलाको अबसरमा बिद्यालयमा अध्ययन गरेर हाल जापान बस्दै आएका रमेश कुमार र निजकी पत्नी मन्जु भण्डारीले ५ लाख रुपैयाको अक्षय कोषको स्थापना गरेका छ्न ।

त्रियुगा माद्यामिक बिधालयमा प्राथमिक देखि माध्यमिक तह सम्म पठेका रमेश हाल जापानमा इन्जिनियर पेशामा आबद्ध छ्न । उनि त्रियुगा नगरपालिका १० बोक्से रातमाटेका स्थायी बासिन्दा हुन ।

उनले र श्रीमती मन्जुले पिता ससुरा स्व. पन्डित कृष्ण प्रसाद ,  सासु आमा पदम कुमारी र ठुली माता सासु  स्व पदम कुमारी भण्डारीको नाममा कृष्ण पदम गोमा भण्डारी अक्षय कोष स्थापना गरेका हुन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry