निर्माणधिन सगरमाथा विमानस्थलमा पर्यटन मन्त्रीको स्थलगत निरीक्षण

Logo
शुक्रबार, माघ २६, २०८०

उदयपुर । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माणधिन सगरमाथा बिमान स्थलको शुक्रबार स्थलगत निरीक्षण गरेका छ्न ।

विमान स्थल निर्माणका लागि रुख कटान गरि खाली गरिए पनि निर्माणको काम हुन नसकेको अवस्थामा मन्त्री किरातीले अचानक बिमान स्थलको निरीक्षण गरेर काम बारेमा जानकारी लिएका हुन ।

मन्त्री किरातीलाई बिमान स्थल निमार्ण समितिका अध्यक्ष बीरेन्द्र बस्नेतले बजेट अभावमा निर्माणको काम सुस्त गतिले भैरहेको बताउदै निर्माण सुरु हुनु अघि देखिको गतिविधि बारे जानकारी गराएका थिए । बस्नेतले मन्त्री किरातीलाइ पर्याप्त बजेटको व्यबस्था गरिदिन समेत अनुरोध गरेकाछ्न ।

मन्त्री किरातीले अबलोकन स्थलबाटै मन्त्रालयका महाप्रबन्धकलाई फोन गरि  बिमान स्थलको काम द्रुत गति बाट अघि बढाउन निर्देशन गरेका थिए  । उनले सो अबसरमा दक्षिण भारतका पर्यटक भित्र्याउन र माउन्टेन फ्याइटको लागि निर्माणधिन  बिमान स्थल कोसेढुंगा साबित हुने बताए ।

बिमान स्थल निर्माण गर्नु भन्दा सन्चालन गर्न कठिन हुने उल्लेख गर्दै मन्त्री किरातीले बिमानको अभावमा अहिले मुलुक भरि २२ वटा बिमान स्थल जहाजको अभावमा बन्द भएको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry