उदयपुरमा दादुरा – रुवेला विरुद्धको खोप अभियान सुरू

Logo
शुक्रबार, फाल्गुण ११, २०८०

उदयपुर –उदयपुरमा दादुरा – रुवेला विरुद्धको खोप अभियान सुरू गरिने भएको छ । अभियानअन्तर्गत उदयपुर जिल्लाका २९ हजार १ सय ३४ जना बालबालिकालाई खोप लगाइने पत्रकार सम्मेलन गरेर खोप सुपरभाइजर चिरिन्जीवी निरौलाले जानकारी दिनु भयो । निरौलाका अनुसार ४ सय ६४ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ।

लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।  खोप फागुन १३ देखी २७ गते सम्म लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  जिल्लाका ५ वटा पालिकामा पहिलो चरण फागुन १३ देखि १७ गते सम्म र ३ पालिकामा फागुन २२ देखि २६ सम्म पालिकाहरुमा खोप लगाईने छ ।

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने छ । त्रियुगा नमुना माध्यमिक बिद्यालयबाट खोपको सुरुवात गरिने निरौलाले जानकारी दिनु भयो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry