उदयपुर । त्रियुगा नगरपालिका वडा नम्बर २ मोतियाहीमा वृद्धाश्रम भवन निर्माण शुरु भएको छ । राधा कृष्ण कुञ्ज बिहारी संस्थाले बुद्धाश्रम निर्माण शुरु गरेको हो । स्थानीय रामजानकी मन्दिरको जग्गामा कुञ्ज विहारी संस्थाले बृद्धाश्रम, गौसेवा र गुरु कुलम निर्माण गर्न कार्तिक १५ गते शिलान्यास सम्पन्न गरेको थियो ।
त्रियुगा नगरपालिका ११ स्थित तरकारी बजारमा आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञबाट संकलन भएको रकमबाट कुञ्ज विहारी संस्थाले बृद्धाश्रम निर्माण कार्य सुरु गरेको संस्थाका उपाध्यक्ष रविना खड्काले जानकारी दिनु भयो ।
उपाध्यक्ष खड्काका अनुसार माघ ५ गते देखि १३ गते सम्म बिदुषी राधा किशोरी दासीको मुखाराविन्दबाट कथाबाचन तथा सम्पन्न पुराणमा संकलन भएको रकमबाट बृद्धाश्रम निर्माण कार्य थालनी गरिएको छ ।
रामजानकी मन्दिर परिसरमा बेसहारा तथा अपहेलित भएका ज्येष्ठ नागरिकलाई संरक्षणका लागि वृद्धाश्रम बनाउन लागिएको हो । वृद्धाश्रमको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेतले एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको थियो ।