त्रियुगा नगरपालिकामा हात्तीले दिने गरेको समस्याको समाधानका लागि नगरापलिकाले काम गर्छ : मेयर बस्नेत

Logo
मंगलबार, फाल्गुण १५, २०८०

प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा एक साता अघि सुरु भएको हात्ती मैत्री पदयात्रा उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा समापन गरिएको छ ।  हात्ती पीडितहरूको समस्या बुझेर त्यसलाई समाधान गर्ने उद्देश्य लिएर हिडेका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रालाइ आज एक कार्यक्रम गर्दै समापन गर्नु भएको हो।

हात्ती मैत्री पदयात्रामा सहभागी भएर आज भएको समापन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले कोशी सरकारले गरेको जनावर र जनता मैत्री कार्यक्रमको प्रसंसा गर्नु भयो। उहाँले यस अगाडिकै सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने पर्नेमा ढिलई भए पनि अहिलेको सरकारले ल्याएको कार्यक्रमले कृषि – कृषक , वन जंगल जोगाउन र जंगली जनावरको संरक्षण गर्नमा ठुलो मदत पुग्ने बताउनु भयो।

त्रियुगा नगरपालिकामा पनि बेलाबेलामा हात्तीले दुख दिने गरेको बताउदै त्यसको समाधानका लागि कोशी सरकारले ल्याएको कार्यक्रममा त्रियुगा नगरपालिकाले पनि सहभागिता जनाउने बताउनु भयो । जंगललाई जनावर मैत्री बनाई बन्यजन्तुलाई जंगलमा बस्ने वातावरण बनाएमात्र हामी मानवको अस्तित्व अझ ज्यादा हुने र बातावरण सन्तुलन अझ प्रभावकारी भएर जाने नगर प्रमुख बस्नेतले बताउनु भयो । मेयर बस्नेतले यस अगाडी नै त्रियुगा नगरपालिकाले वडा नं १५ मा बन्यजन्तु मैत्री जंगल निर्माण सुरु गर्न बिरुवा रोप्न शुरु गरिसकेको बताउनु भयो ।

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने उद्देश्य सहित फागुन ९ गते मुख्य मन्त्री कार्की सहितको टोलीले हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry