नेपाली कांग्रेस, माओवादी लगायतका दलहरुको सत्ता गठबन्धन टुटेको छ।
बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठक छुट्टाछुट्टै बसेको छ । यो बैठक सकिन साथ माओवादी र एमालेले संयुक्त रुपमा बैठक बस्ने भएका छन ।
बैठककै क्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल स्ट्याटस लेख्दै आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका छन ।