नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनको तयारी पुराः सहमतिबाट नेतृत्व चयन नभए स्वस्थ प्रतिस्पर्धा

जिल्लाका मुख्य ठाउहरु समेटेको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक
Logo
शनिबार, चैत्र १०, २०८०

उदयपुर ।  चैत्र १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । नबौं जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले आज (शनिबार) गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशननको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

अधिवेशनका लागि जिल्लाका ७५ वटा वडा र २३ वटा जन वर्गीय संगठन र सल्लाहाकरबाट ६ सय ३२ जना प्रतिनिधिको छनौट भईसकेको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो । अधिवेशनलाई सम्पन्न गर्नका निमित्त १३ वटा उप समितिहरु बनाएर विभिन्न पार्टीका कामहरुको बाँडफाँड गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो।

सर्वसहमतीबाट नेतृत्व चयन गरेर जाने प्रयासमा समग्र पार्टी पंति लागि रहेको बताउदै अध्यक्ष घिमिरेले भन्नु भयो “हाम्रो प्रयास सर्वसम्मतको छ, बिचार र नेतृत्वमा हाम्रो कुनै मतभेद छैन निर्विरोध नेतृत्व चयन हुनेमा बिश्वस्त छौ ।”

चैत्र १३ र १४ गते त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित होटल इम्पाइर इनको सभा हलमा हुन गइरहेको अधिवेशनले एमाले उदयपुरको नयाँ नेतृत्व समेत चयन गर्ने छ।  “गतिशिल संगठन, क्रियाशील सदस्य विकासको संम्बाहक र समाजिक रुपान्तरण नेकपा एमाले” भन्ने मुलनाराका साथ ९ औं अधिवेशन सम्पन्न गर्ने अध्यक्ष घिमीरिले बताउनु भयो ।

अधिवेशनको बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्घाटन गर्ने सचिव तथा चौदण्डी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिनुभयो । अधिबेशनमा करिव १ हजार पार्टी कार्यकर्ता उपस्थित हुने र उनीहरुको खाने बस्ने व्यवस्था पार्टीको आयोजक कमिटीले मिलाएको अधिवेशन आयोजक कमिटिका आर्थिक संयोजक भरत बहादुर थापाले बताउनु भयो। अधिबेशन सम्पन्न गर्न १५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने खर्चको व्यवस्थापन आधिवेशनमा आउने प्रतिनिधिहरुबाट र पार्टीका जनप्रतिनिधिहरुबाट लेवी उठाउने रहेको संयोजक थापाले बताउनु भयो ।

अधिवेशन २ दिन सम्म चल्ने भएकाले उपस्थित हरुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै अधिवेशन स्थलमा नै हेल्थ डेक्स र एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक कमिटिका स्वास्थ्य विभाग संयोजक तथा त्रियुगा नगरपालिकाका उप मेयर महेश्वरी राइले जानकारी दिनु भयो ।

पार्टीको ९ औं अधिवेशन  नेतृत्व चयनका लागि मात्र नभएर जनता सामु पार्टीका कामहरु प्रभावकारी भए नभएको बिषयमा गम्भीर छलफल गर्ने, पार्टीले गरेका राम्रा कामहरुको प्रचार प्रसारका लागि स्थानीय संचार माध्यहरु र समाजिक संजालको प्रयोग गर्ने गरि मिलाएको अधिवेशन आयोजक कमिटिका प्रचार प्रसार उप समिति संयाेजक भरत खड्काले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry