त्रियुगामा एसइई स्वच्छ, शान्त र मर्यादित

Logo
सोमबार, चैत्र १९, २०८०

उदयपुर । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि र त्रियुगा नगरपालिकाले एसइईको अवलोकन तथा अनुगमन गरेको छ । एसइई लाई मर्यादित एवं अनुशासित बनाउन सहयोग पुर्‍याउने उद्देश्यका साथ अनुगमन गरिएको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिनु भयो ।

उहाँका अनुसार अनुगमन गर्ने क्रममा परीक्षा स्वच्छ ,शान्त, मर्यादित र भयरहित वातावरणमा सञ्चालन भइरहेको पाइएको छ ।

जिल्लामा साधारण नियमित तर्फ पाँचहजार छसय ७३, प्राविधिक तर्फ एकसय ९२ र ग्रेड सुधार तर्फ एकसय ५२ गरी ६ हजार १७ परिक्षार्थिका लागि त्रियुगा नगरपालिकामा ९,चौदण्डि र कटारीमा ४/४ ,वेलकामा ३ तथा उदयपुरगढी गाउँपालिकामा २ र ताप्लि,रौतामाई र लिम्चुङवुङ गाउँपालिकामा १/१ वटा परिक्षा केन्द्र निर्धारण गरिएको शिक्षा समन्वय ईकाई परिक्षा शाखा प्रमुख अर्जुन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार ३ हजार १ सय ९३ छात्रा र २ हजार ८ सय २४ छात्रहरु सम्मिलित हुने यो वर्षको एसइइमा सवैभन्दा बढि त्रियुगा नमुना माध्यमिक गाईघाट बाट ३ सय १४ जना परिक्षार्थी सहभागि हुदैछन भने सवैभन्दा कम उदयपुर मनकामन ईङ्लिस बोर्डिङ स्कूलबाट ३ जनामात्र परिक्षार्थी सहभागि हुनेछन । यस वर्ष उदयपुरमा छात्र भन्दा छात्राहरुको सङ्ख्या ३ सय ६९ जनाले धेरै छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry