उदयपुर । भौतिक विकासलाई मात्र विकास मान्दा मानवीय बिकास ओझेल परेको भन्दै मानवीय विकास गर्न जरुरी रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताउनु भएको छ । सोमबार उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बैजनाथ खोलामा नवनिर्मित पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले मानवीय बिकास गर्न सके मात्र भौतिक विकासलाई संगै लान सकिने बताउनु भएको हो।
मुख्य मन्त्री कार्कीले प्रदेश सरकार आँगनको सरकार रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, “प्रदेश सरकार भनेको तपाइँहरुको आगनको सरकार हो त्यसैले म तपाइहरुको घर वरीपरीकोशी सरकार भेटिन्छ ।, तपाईहरुको स्वास्थ्य, शिक्षा र आधाराभुत कुराहरुमा प्रदेश सराकार पाउनु हुन्छ त्यहि हो आगन भनेको ”
मुख्यमन्त्री कार्कीले वैद्यनाथ खोला पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँ जोडेको बताउँदै प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा जोड दिएको दाबी गर्नु भयो । कार्यक्रममा बोल्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले लामो संघर्सका बावजुद आज पुलको उद्घाटन गर्न सफल भएको बताउनु भयो । कोशी प्रदेश सरकारले कृषिलाई आधुनिक बनाउने गरि नयाँ कार्य योजना बनाएर अगाडी बढ्ने र खेती योग्य जमिनमा अथासक्दो सिंचाईको सुबिधा पुर्याउने गरि काम गर्ने बताउनु भयो ।
प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत १४ करोड ९४ लाख ७३ हजार १ सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्ष भित्रमा निर्माण सक्नेगरी पुलको केएम ईन्जिनियर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । तर दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै निर्माण सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल २ स्पामको बनेको छ ।