विश्व बैंकको लगानीमा त्रियुगामा ६६ करोड बढि लागतमा ९ सडकको काम शुरु, नगर प्रमुख बस्नेतले गरे शिलान्यास

Logo
बिहिबार, बैशाख २७, २०८१

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५ किलोमिटर आधुनिक सडक बन्ने भएको हो ।  विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेका लागि एक कार्यक्रम गर्दै योजनाको शिलान्यास गरिएको छ । त्रियुगा नगरका नगर प्रमुख बसन्त कुमार बस्नेतले आयोजनाको शिलान्यास गर्नु भएको हो।

नगरको महत्त्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणका लागि विश्व बैंकले दिएको सहयोगलाई नगरले गौरवको आयोजनाका रुपमा लिएर काम अघि बढाएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।  नगरभित्रका दुई राजमार्ग (मदन भण्डारी र सगरमाथा) लाई जोड्दै बजार एरियाका महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्नेगरि अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने सडक डवल लेन, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध हुनेगरि योजना बनाएर कामको थालनी गरिएको उहाँले बताउनु भयो।

४ वटा वडाका ९ सडकलाई दुई प्याकेज गरि टेन्डर आह्वान गरिएको थियो । पहिलो प्याकेजमा करिव १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिव ४ दशमलव ५ किलोमिटर सडक निर्माण गर्ने गरि टेन्डर आह्वान गरिएको थियो । कुल १४ दशमलव ५ किलोमिटर सडकलाई ६६ करोड ११ लाख १ सय ४० (पिएस र भ्याट सहित ) रुपैयामा १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि आशिष – आशिर्बाद – स्वामी नारायाण जेभीले  ठेक्का सम्झौता गरेको छ ।

आयोजना संचालनका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) रकम उपलब्ध गराएको थियो । संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैंकसँगको सम्झौतामा ती सवै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।

गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक – फुलचोक – बोटेटोल – त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषी बजार पश्चिम बाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक लगायत अन्या साना ठुला सडक गरि १४ दशमलब ५ किलोमिटर सडक निर्माण हुने छ।

 

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry