आत्महत्या रोक्न प्रहरीको सचेतना अभियान

Logo
शनिबार, जेठ ०५, २०८१

उदयपुर ।  उदयपुरमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहकार्यमा आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतना फैल्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकरी दिएको छ।

प्रभात फेरी कार्यक्रम गर्दै सुरु भएको कार्यक्रममा आत्महत्या न्यूनीकरण सम्बन्धि सडक नाटक, जिवनमा घटित आत्म कहानी र सन्देशमुलक भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार उदयपुरमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको छ। प्रहरी उपरीक्षक राजन चापागाईले प्रस्तुत गरेको ताथ्यांक अनुसार उदयपुरमा गत बर्ष २०७८-७९ मा ३२ जना महिला र ६२ पुरुष गरि ९४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको थियो भने ०७९-०८० मा ३८ महिला र ६८ पुरुष गरि १०६ जना आत्महत्या गरेको पाइएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले आत्महत्या जिल्लाको प्रमूख चुनौतीहरु मध्य एक रहेको रहेको भन्दै चुनौतीलाई रोकथाम तथा न्यूनीकरण गर्नका निमित्त सम्पूर्ण निकायहरुहरु एकजुट भएर अभियान संचालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो।  प्रमुख थापाले स्थानीय तहका जनप्रतिनिधीहरु, सरोकारवाला निकायहरु, संघ संस्थाका प्रमुखहरु एवं प्रतिनिधीहरुलाई अभियान संचालन गर्न  दिएको सहयोग प्रति धन्यवाद व्यक्त गर्नु भयो।

आत्महत्या विशेष गरेर उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट हुने गरेको पाइएको तथ्याकले देखाएका बताउदै प्रमुख अतिथि बसन्त कुमार बस्नेतले सामूहिक पहल गरी मान्छेमा भएको एकोहोरो र निराशपन हटाउन सकेमा आत्महत्या कमी ल्याउने सकिने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएपछि समाजले हेर्ने दृष्टिकोणमा पनि फरक पर्ने विभेद गर्ने भएकाले आत्महत्याका घटना बढ्ने गरेको उल्लेख गर्दै प्रमुख बस्नेतले मानिसहरूलाई विभेद नगरी हौसला माया र प्रेम गरे आत्महत्या न्यूनीकरण हुने  उहाँले उल्लेख गर्नु भयो।

प्रमुख जिल्ला अधिकारी हरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, वडा अध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, संघ सस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । विभिन्न क्लव तथा समुहका व्यक्तिहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, बजारका व्यबसायीहरुको सहभागितामा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक प्लेकार्ड सहितको प्रभातफेरि गर्दै गाईघाट बजारको परिक्रमा गरेर पिपलाचोकमा आएर कार्यक्रममा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry