त्रियुगा नगरपालिकाले प्याराग्लाईडिङलाई व्यवसायीक बनाउन अत्याधुनिक प्याराग्लाईडिङ खरिद गरेर हस्तान्तरण गरेको छ ।
नगरपालिकाका पर्यटन सल्लाहकार एवम प्याराग्लाईडिङका जानकार तथा पाइलट जितु रोइला मार्फत स्थानीय पाइलटरुलाई नगर प्रमुख वसन्त बस्नेतले हस्तान्तरण गर्नु भएको हो ।
प्याराग्लाईडिङ उडानका लागि नगरपालिकामा भएका सम्भाव्य स्थलहरुको खोजी गर्दै प्याराग्लाईडिङलाई व्यवसायीकरण गर्न अत्याधुनिक प्याराग्लाईडिङ खरिद गरि हस्तान्तरण गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
शाहसिक खेलको रुपमा चिनिने प्याराग्लाईडिङ हाल सम्म त्रियुगा नगरपालिका स्थित वडा १० नव उदय सामुदायक बन राते डांडाबाट २ सय बढी परिक्षण र व्यवसायीक उडान गरि सकिएको छ ।
टेन्डम (डवल) र सोलो (सिङल) गरि २ सय बढी परिक्षण र व्यवसायीक सफल उडान गरिएको पालिकाका सल्लाहकार तथा पाइलट रोइलाले जानकारी दिनु भयो ।
हाल त्रियुगा नगरपालिकामा ६ जना सोलो पाइलट रहेको र उनिहरु मार्फत त्रियुगा नगरपालिकाका प्याराग्लाईडिङ उडान गर्न सक्ने सम्भाव्य क्षेत्रको खोजी गरि उडान गर्ने रोइलाले बताउनु भयो ।