उदयपुरका ५ पालिकाले भने मानसिक स्वास्थ्यलाई हाम्रो नीति बजेटमा समाबेश गर्छौ

Logo
बुधबार, जेठ २३, २०८१

उदयपुर । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उदयपुरका ४ नगरपालिका र १ गाउपालिकाले मानसिक स्वास्थ्यलाई आफ्नो बार्षिक नीति तथा बजेट प्राथमिकताका साथ समेट्ने भएका छन ।

उदयपुरको सदरमुकाम गाईघाट स्थित होटल कोहवरमा स्थानीय तहका जनप्रतिनिधि संगको अन्तक्रिर्या कार्यक्रममा नगर प्रमुख र अध्यक्षहरुले मानसिक स्वास्थ्यलाई आफ्नो नीति तथा बजेटमा प्राथमिकतामा समेट्ने बताएका हुन ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतको अध्यक्षता भएको कार्यक्रममा कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठ, चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामा, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की र रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र मगरले आफ्नो पालिकाले मानसिक स्वास्थ्यमा गरेका कामको जानकारी गराउनु भएको थियो ।

मानसिक रोगका विरामीहरुलाई औषधी नि:शुल्क दिइने भएता पनि समुदाय स्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग सम्बन्धि तालिम नभएकाले उपचार गर्न समस्या भएको बिषयलाई मध्यनजर गरि नीति तथा बजेटमा समेट्ने गरि योजना ल्याउन लागेको त्रियुगा नगर प्रमुख बस्नेतले बताउनु भयो ।

नगरपालिकाले पालिका भित्रका मानसिक रोगीहरुको डाटा संकलन गरिसकेको बताउदै प्रमुख बस्नेतले उनिहरुको पुनःस्थापनाका लागि कामगर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry