उदयपुर ट्राफिकद्धारा ७० जना सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच

Logo
मंगलबार, आषाढ १२, २०८१

उदयपुर । जिल्ला ट्राफिक कार्यालय उदयपुरले ७० जना सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कमा सोमावार लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई स्वास्थ्य परिक्षण गराईएको हो ।

कार्यालयका ट्राफिक इन्चार्ज श्याम सुन्दर पोखरेलले दुर्घटना न्युनिकरणका लागि चालकहरुको निरन्तर स्वास्थ्य जाँचको आवश्यक रहेको बताए ।

चालक सबैभन्दा बढी स्वास्थ्य रहनु पर्ने हुँदा उनिहरुलाई सँधै चेकजाँचको आवश्यक रहने पोखरेलले जनाए । पोखरेलका अनुसार ७० जना चालकहरुले आँखा र प्रेसरको जाँच गराएका थिए ।

चालकको स्वास्थ्य अवस्था राम्रो भए दुर्घटनाहरु कम हुँदै जाने भन्दै सके सम्म चालकहरुका लागि महिनामा एक पटक सम्म चेक जाँचको वातावरण मिलाउने पोखरेलले बताए ।

चेक गरिएका मध्ये २ जना चालकहरुमा आँखाको समस्या र ११ जनामा भने प्रेसरको समस्या देखिएको छ । ७० जना मध्य १३ जना चालकहरुमा स्वास्थ्य समस्या देखिएको इन्चार्ज पोखरेलले जनाए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry