उदयपुर । सप्तरीको सुरुङगा नगरपालिका मधेश प्रदेशकै दोस्रो साक्षर नगर घोषण भएको छ । सुरुङगा नगरपालिकले आफ्नो परिचयमा साक्षर नगर थपेको छ ।
सुरुङा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपाल तथा आशमान नेपालको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरीको क्षेत्र नंम्बर ४ का प्रतिनीधि सभा सदस्य तेजुलाल चौधरीले आईतबार भब्य समारोहका बीच नगर प्रमुख गीता चौधरीलाई प्रमाण पत्र प्रदान गरेर साक्षर नगर घोषण गर्नु भयो ।
सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले घोषणा सभामा बोल्दै अक्षर चिनेर साक्षर भएका नागरिकलाई निरन्तरता दिन आग्रह गर्नु भयो । दिगो बिकासको लक्ष्यपुरा गर्ने अभिप्रायले नगरपालिकाले काम गरीरहेकले २०८१ को अन्तसम्ममा बालमैत्री नगर घोषणा गरिने लक्षरहेको चौधरीले बताउनु भयो ।
सरुङ्गा नगरपालिकाले साक्षर नगर बनाउन २०७६ सालदेखि नै साक्षरता अभियान संचालन गर्दै आएको थियो । यो बर्ष पनि नगरभरीका सबै वडाका टोलटोलमा ५५ वटा साक्षरता कक्षा संचालन गर्न साक्षरता सहजकर्तामार्फत अभियान चलाइएको थियो ।
१५ देखि ६० बर्ष उमेर समुहका महिला पुरुषलाई ब्यबहारिक सीप सहितको साक्षरता जस्तै आफ्नो नाम ठेगाना लेख्न सक्ने , परिवारको नाम ठेगाना लेख्न पढ्न सक्ने , आफुले गर्ने सामान्य आर्थिक कारोबारको जोड घटाउ गर्न सक्ने ,मोबाईल चलाउन सक्ने , घडी हेर्न जान्ने लगायतका साक्षरताका १२ वटा सुचक पुरा गर्ने ७ हजार नागरिकलाई साक्षर नगरपालिकाले साक्षर बनाएको प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र शर्माले साक्षरता प्रतिबेदन मार्फत जानकारी दिनु भयो । कार्यक्रम संचालन भोगेन्द्र यादबले गरेका थिए ।