सामुदायिक बिद्यालयमा पठनपाठन गराउने शिक्षकलाई बिद्यालय भन्दा बाहिर गएर अध्यापन नगर्न त्रियुगा नगरपालिकाको निर्देशन

Logo
बुधबार, आषाढ २०, २०८१

गाईघाट । नगरको शिक्षामा सुधार ल्याउन त्रियुगा नगरपालिकाले तेस्रो महत्वपूर्ण निर्णय गरेको छ । संस्थागत बिद्यालयको शुल्क निर्धारण र सामुदायिक बिद्यालयको दरबन्दी मिलान गरेको नगरपालिकाले अहिले सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई बाहिर अन्यत्र गएर अध्यापन नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले पालिकामा संचालनमा रहेका सामुदायिक, संस्थागत तथा विभिन्न शिक्षण संस्थाहरुलाई पत्र लेख्दै सामुदायिक बिद्यालयका शिक्षकहरुलाई आफ्नो बिद्यालय भन्दा बाहिर गएर पठनपाठन नगर्न र नगराउन निर्देशन दिएको हो ।

सामुदायिक बिद्यालयका शिक्षकहरुलाई आफ्नो बिद्यालय भन्दा बाहिर गएर पठनपाठन गराउदै आएको भए तत्काल बन्द गर्न र आउदा दिनमा पनि यस्तो कार्य नगर्न नगराउन सम्पुर्ण शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

सामुदायिक बिद्यालयको साधारण पठनपाठन गर्ने समय १० -४ को भए पनि बिद्यालयका शिक्षकहरु बिहान ७ बजे देखिनै संस्थागत बिद्यालयमा गएर अध्यापन गराउदा सामुदायिक बिद्यालयका शिक्षकहरुले आफ्नो कार्यरत बिद्यालयमा आएर पठनपाठन गराउदा बिहान देखि अध्यापन गराएका कारण थकान महसुस गर्ने, विद्यार्थीसँग चिडचिडाहट हुने जस्ता समस्या देखिएका कारण सामुदायिक बिद्यालयका शिक्षकहरुलाई बाहिर गएर पठनपाठन नगर्न नगराउन निर्देशन दिएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

सामुदायिक र संस्थागत बिद्यालयको शिक्षामा सुधार ल्याउन नगरपालिकाले जस्तो सुकै निर्णय गर्न पनि तयार रहेको भन्दै आउँदा दिनमा पनि शिक्षाको सुधारका लागि बिद्यालयहरुको निरन्तर अनुगमन गरि रहने प्रमुख बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry