रौतामाईको बजेट ५६ करोड ६ लाख

Logo
सोमबार, आषाढ ११, २०८१

उदयपुर ।  रौतामाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका मुकाम भुट्टारमा आयोजित ‘१५ औँ गाउँ सभा’मा अध्यक्ष वीरेन्द्र मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष भूपेन्द्र भूपेन्द्र थापाद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ५६ करोड ६ लाख ९७ हजार रुपैयाँको अनुमानित आयव्यय पारित गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बजेटको मुख्य स्रोत संघीय सशर्त र वित्तीय समानीकरण अनुदान, प्रदेश सशर्त र समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आयलाई मानेको बताए। संघीय सशर्ततर्फ ३० करोड ८० लाख २५ हजार आय अनुमान गरिएको बजेटमा वित्तीय समानीकरणतर्फ ९ करोड ५७ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै प्रदेश सशर्त २ करोड १५ लाख ७२ हजार, समानीकरणतर्फ ५७ लाख ३३ हजार र राजश्व बाँडफाँड १० करोड ६९ लाख ९७ हजार प्राप्त हुने अनुमान गरिएको छ। गाउँ सभाले आगामी वर्ष आन्तरिक राजश्व ६७ लाख संकलन हुने अनुमान गरेको बजेटमा  चालु वर्षको अल्या र अन्य आमदानी २ करोड ५९ लाख ७० हजार रहेको उल्लेख छ।

रौतामाईले आगामी वर्षको नारा ‘कृषि, पर्यटन, विकास र पूर्वाधार, समृद्ध रौतामाई निर्माणको आधार’ तय गवरेको छ। कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा प्राथमिकताका साथ जोड दिएको नीति कार्यक्रमले गाउँपालिकाको मुख्य पर्यटकीय तथा धार्मिक स्थल रौता पोखरीलार्ई पर्यटन प्रवर्द्धन र विकास गर्न जोड दिएको छ। पर्यटनको माध्यमबाटै समृद्धिको ढोका खोल्ने आकांक्षा पालेको गाउँपालिकाको नीति कार्यक्रमले रौता पोखरीसँगै अन्य सहायक पर्यटकीय स्थलहरुको पनि विकास गर्ने नीति लिएको छ।

गाउँ सभाले जिल्लाकै अग्लो भूभाग चित्रेथाम, ओडारे झर्ना, सुके पोखरी, तामा खानी र उत्तरतर्फ खोटाङ सिमाना जोडिएको सुन नदीमा जल पर्यटन (¥याफ्टिङ) व्यवसायलाई पनि पर्यटन विकाससँग जोडेर लाने अध्यक्ष मगरको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसैगरी कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् र रोजगारी सिर्जनाका योजनाहरू समेटिएको छ। युवा पलायन रोक्न स्वरोजगार मूलक र युवा तथा महिलालक्षित कार्यक्रमहरू गरी आयआर्जन र व्यवसायिक कृषि, पशुपालन, व्यापार गर्ने नीति गाउँ सभाले लिएको अध्यक्ष मगरले बताए।

गाउँ गाउँमा सडक, घरघरमा खानेपानी, उज्यालो रौतामाई कार्यक्रम अन्तर्गत सबै घरमा बिजुली बत्ती र हरेक वडामा सञ्चालित स्वास्थ्य चौकीहरूलाई स्तरोन्नति गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य नीति कार्यक्रमले समेटेको छ।

गाउँ सभा कार्यक्रममा वडाध्यक्षहरू १ नं. का रुद्र कार्की, २ का होमबहादुर खत्री, ३ का दीपेन्द्र दाहाल, ४ का रवीन्द्र खत्रीको उपस्थिति थियो। त्यस्तै ५ नं. वडाध्यक्ष पाण्डोव राई, ६ का पृथ्वी राई, ७ का मनोज रानामगर र ८ का घमानसिंह थापामगर सहभागी थिए। कार्यक्रममा गाउँ सभा सदस्यहरू, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला, युवा, शिक्षक र कर्मचारीको पनि अर्थपूर्ण सहभागिता रहेको गाउँपालिकाका लेखा सहायक भेषराज पराजुलीले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry