गिरिजा प्रसाद कोईरालाको १०१ औ जन्म सताब्दीको अवसरमा उदयपुरमा बिचार गोष्टी सम्पन्न

Logo
शुक्रबार, आषाढ २२, २०८१

उदयपुर । नेपाली कांग्रेसका शिखर नेता गिरिजा प्रसाद कोईरालाको १०१ अैाँ जन्म सताब्दीको  अबसर पारेर गिरिजा प्रसाद कोईराला फाउण्डेसन उदयपुरले वर्तमान राजनैतिक परिवेशमा युवाको भुमिका र भबिस्य बिषयक बिचार गोष्टी सम्पन्न गरेको छ। उदयपुर जिल्लाको सदरमुकाम स्थित होटल टावन हलमा गरिएको कार्यक्रममा  नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे, पूर्व पार्टी सभापति बिदुर बस्नेत, क्षेत्रीय सभापति खगेन्द्र राई, त्रियुगा नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता बसन्त बस्नेत लगायतले आफ्नो बिचार राखेका थिए।

कार्यक्रममा बक्ता हरुले गिरिजा प्रसाद कोईरालाले अगाडी सारेको एजेन्डाले नेपालको वर्तमान राजनीति हिडी रहेको तर कांग्रेस भने गिरिजाले देखाएको बाटोमा नहिडेर अलमल्ली रहेको बिचार राखेका थिए । कार्यक्रमका प्रमुख बक्ता गुरुराज घिमिरेले बिपी देखि गिरिजा सम्म आईपुग्दा कांग्रेसले कम्युनिष्टहरु संग सहमति र सहकार्य गरेको भए पनि कुनैपनि  राजनैतिक एजेण्डामा सम्झौता नगरेको बिचार व्यक्त गरे ।

कांग्रेसको वर्तमान नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्र समाप्त पार्दै कहिले माओबादीसँग कहिले एमालेसँग साँठगाँठ गरि भागबण्डा गरेर कम्युनिष्ठहरु संग सम्झौता गरेर गिरिजाले हिडाएको बाटोबाट कांग्रेसलाई पर राखेको बताए ।

यस्तै पूर्व सभापति बिदुर बस्नेतले युवाहरुलाई विदेश पठाएर युवाहरुको राजनीतिमा भुमिका र भबिस्य खोज्नु सान्दर्भिक नभएको बताए । गिरिजाले युवाहरुलाई काङ्ग्रेस प्रति आकर्षण बढाउदा अहिले काङ्ग्रेस पार्टीको नेतृत्व तहमा युवाहरुको बर्सच्व रहेको भए पनि वर्तमान नेतृत्वले कांग्रेस प्रति युवाहरुमा आकर्षण बढाउन नसकेको धाराणा उनले व्यक्त गरे।

क्षेत्रीय सभापति खगेन्द्र राइले गिरिजाले देखाएको बाटोमा नेपाली कांग्रेसलाई लान सके मात्र गितिजाको सम्मान हुन सक्ने धारणा राखे । उनले कांग्रेस रुपान्तरण भएर युवाहरु माझ जान सके मात्र राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन सम्भव हुने जिकिर गरे।

यस्तै त्रिनपा नगर प्रमुख तथा कांग्रेस नेता बसन्त बस्नेतले कांग्रेस बिधि बिधान र पद्धतिमा चल्न नसकेको आरोप लगाए । पार्टीमा मनोपोली बढ्दै गएको र कम्युनिष्टसँग भागबण्डाको सम्झौता गरि पार्टी भित्रकै अर्को बिचार समुहलाई सक्ने प्रवृति हावी भएको भन्दै यसमा सच्चिन पर्ने नेता बस्नेतले बताए।

वर्तमान नेतृत्वले संबिधान संसोधन गर्नका लागि मात्र एमालेसँग एकता गरेको भए स्वागत योग्य भएको तर भागबण्डाको सम्झौता कांग्रेस र गिरिजाको पथ नभएर शान्ती र बिकासका लागि सहमति सहकार्य र एकता चाहि कांग्रेस र गिरिजाले देखाएको बाटो भएको उनले  बताए । उनले संबिधान संसोधन गरेर स्थानीय तहलाई प्रभावकारी र  स्रोत साधन युक्त बनाउन आग्रह गर्दै बर्तमान नेतृत्वमा पुरानै केन्द्रिकृत मानसिकता भएका कारण प्रदेश र स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न नबनाउदा संघियता माथीनै आम मानिसमा बितृष्णा बढ्दै गएको बताए ।

गिरिजा प्रसाद कोईराला फाउण्डेसन उदयपुरका अध्यक्ष मदन कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका भात्री तथा सुभेच्छुक संस्थाका नेताहरु तथा कांग्रेसका तहगत नेताहरु उपस्थित थिए

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry