उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा खेतमा काम गर्न गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ। खेतमा धान रोप्न गएकी त्रियुगा नगरपालिका– ५ देउरीकी अन्दाजी वर्ष ४५ की दुर्गा प्रधानलाई घर फर्किने क्रममा त्रियुगा नदीले बगाएर मृत्यु भएको हो ।
त्रिनपा ८ स्थित उत्तराई टोलको खेतमा धान रोपेर फर्किने क्रममा त्रियुगा नदीले बगाउदा प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानलाई त्रियुगा नदीले बगाएको स्थानीयले देखे पनि नदीमा पानीको वहाव उच्च हुँदा समयमा उद्धार गर्न नसक्दा मृत्यु भएको जनाइएको छ। उनको शव बगाएको ठाउबाट २ सय मिटर तल फेला परेको छ।