उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा भएको तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिताको सास्कृतिक नृत्य प्रतियोगिता अन्तरगत लालिगुराश इङ्लिश बोर्डिङ प्रथम भएको छ ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको दोस्रो स्थानमा ईभरग्रीन स्कुल दोस्रो भएको हो । यस्तै ३२ बिद्यालय सहभागी प्रतियोगिताको तेस्रो स्थानमा जनता माबी देउरी र सान्त्वना अर्थात चौथो अन्नपूर्ण सेकेन्डरी स्कुल रहन सफल भएका छन ।
विद्यार्थीको सर्वाङिण बिकासका लागि आयोजना गरिएको कार्यक्रमको हाजिरी जवाफ प्रतियोगिताको आधारभुत बिद्यालय तर्फ उदयसी बोर्डिङ स्कुल जलजले प्रथम, समता स्कुल दोस्रो, उदयपुर मनकामना तेस्रो र कृमसन एकेडेमी चौथो भएका छन ।
यस्तै हाजिरी जावाफको माध्यमिक तह तर्फ अन्नपूर्ण बोर्डिङ स्कुल प्रथम, क्यानभास एकेडेमी दोस्रो, लालिगुराश इङ्लिश बोर्डिङ तेस्रो र जनता माबी देउरी चौथो भएका छन ।
सम्पुर्ण बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्दै त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नभएर अतिरिक्त क्रियाकलापमा भाग गराएर शैक्षिक बिकास गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई घरमा थुनेर किताब घोकाएर मात्र शिक्षाको बिकास सम्भव नभएको भन्दै बिद्यालयले पनि अतिरिक्त क्रियाकलाप सँगै रचनात्मक कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।