बरुवा खोलामा पुल निर्माण पछि स्थानीय हर्षित

Logo
शुक्रबार, आश्विन ११, २०८१

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका स्थित बरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बिहीवार उद्घाटन गरिएको छ । त्रिनपा १६ रातापानी र  त्रिनपा १५ बरुवा डहर जोड्ने बरुवा खोलामा कुल ८२ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा नगर प्रमुख वसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो ।

पूर्वाधार निर्देशानलय इटहरीको समन्वयमा संघिय सरकार र त्रियुगा नगरपालिकाको करिव ४२ लाख बजेटले उपभोक्ता समिती मार्फत उक्त स्थानमा पुल निर्माण गरिएको हो ।

पुल निर्माण पछि ७० भन्दा बढी घर परिवारका ४ सय बढी जनसंख्यालाई गाउमा आवतजावत गर्न सहज भएको छ । पुल नहुँदा बर्खायाममा रातापानीका स्थानीय तथा विद्यार्थीलाई निकै समस्या थियो । पुल निर्माण भएपछि सम्पूर्णमा खुसियाली छाएको छ ।

विशेषगरी विद्यालय जाने÷आउने विद्यार्थीलाई झोलुङ्गे पुल नहुँदा समयमै विद्यालय आवतजावतमा निकै समस्या परेको थियो । स-साना विद्यार्थीहरुलाई बिद्यालय जाँदाआउदा अभिभावक आएर बोकेर खोला तार्दिनु पर्ने बाध्यता थियो भने अहिले पुल बने पछि सो समस्या हटेको छ ।

पुल उद्घाटन गर्दै नगर प्रमुख वसन्त बस्नेतले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने बताउनु भयो । उहाँले आफ्नो ध्यान शहरमा मात्र बिकास नभएर नगरका अप्ठ्यारा र विकट ठाउँ हरुमा पनि आवश्यकता अनुसार बिकास गर्नु पर्ने रहेको उल्लेख गर्नु भयो ।

वडा नं १४, १५ र १६ लाई पर्यटन प्रवर्द्धनका लागि त्यहीँ किसिमको बिकास गर्न सके गाईघाट बजारको मुख्य आयस्रोत बन्ने भन्दै यी वडा हरुमा हिल स्टेसन र पर्यटन सम्बन्धि अन्य योजनाहरु ल्याएर काम गरि रहेको मेयर बस्नेतले बताउनु भयो । कार्यक्रममा वडा नं १५ का अध्यक्ष गणेश तिम्सिना, वडा नं १६ का वडा अध्यक्ष मान बहादुर राई सहित निर्माण उपभोक्ता समितिका अध्यक्ष सहित गाउका शिक्षक तथा अग्रजहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry