आँखा शिविरमा करिव २ सय लाभान्वित, ४० जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया त्रियुगा नगरपालिकाले गरिदिने

Logo
शनिबार, कार्तिक १०, २०८१

गाईघाट ।  त्रियुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका १ सय ७०  बढी बिरामीको चेक जाँच गरेका थिए ।

शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई मोतिया बिन्दुको समस्या देखिएर अप्रेसनका लागि लहान अस्पताल रिफर गरेको छ । मोतिया बिन्दुका ४० जना बिरामीलाई निशुल्क अपरेसन गर्ने गरि नगरपालिकाले शिविरको आयोजना गरेको हो ।

शुक्रबार वडा नं १२ को कार्यलय परिसरमा भएको शिविरमा देखिएका ४० आँखाका बिरामीलाइ मोतियाबिन्दुको शल्यक्रिया गर्न लाहान अस्पतालले निशुल्क आफ्नै गाडिमा आइतबार लगेर शल्यक्रिया गरि घर घर ल्याएर छाडिदिने गरि नगरपालिकाले लहान अस्पताल सँग सम्झौता गरिसकेको छ ।

आँखा शिविरलाई उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले आँखा मानिसको सवैभन्दा संबेदनसिल अंग भएकोले अहिलेको प्रविधी युक्त युगले आँखामा संक्रमण बढाउदै गएकोले आँखा शिविरको आयोजना गरिएको बताउनु भयो । समय समयमा आँखाको चेकजाँच गरेर उपचार गरे आँखामा समस्या नआउने हुँदा सगरमाथा चौधरी अस्पताल सँग बर्षैभरी शिविर गर्ने गरि निशुल्क चेकजाँच र मोतियाबिन्दुको अप्रेसन गर्ने गरि सम्झौता गरिएकोले सवैलाई नगरपालिकाले आयोजना गरेको शिविरमा भाग लिएर सुबिधा लिन प्रमुख बस्नेतले आग्रह गर्नुभयो ।

गाईघाटमा सुबिधा सम्पन्न आँखा अस्पताल नहुदा यहाँ जनताले आँखाको बिराम लिएर बस्न पर्ने बाध्यताको अन्त्य गर्न सगरमाथा चौधरी अस्पताल संग सम्झौता र सहकार्य गरि निशुल्क स्वास्थ्य शिविर र निशुल्क मोतोया बिन्दुको उपचार शल्यक्रिया गर्ने व्यबस्था मिलाएको प्रमुख बस्नेतले बताउनु भयो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry