बाढी प्रभावितको अवस्था बुझ्न मेयर बस्नेत मन्त्रीलाई लिएर धाप्लाङमा

Logo
सोमबार, आश्विन १४, २०८१

गाईघाट । बाढी प्रभावितको अवस्था बुझ्न त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई सहित बाढी प्रभावित क्षेत्र पुग्नु भएको छ ।

निरन्तर तीन दिनदेखि परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले पुर्‍याएको भौतिक संरचनाको क्षती तथा त्रियुगा १४ को बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्नका लागि मेयर बस्नेत सहित मन्त्री राई आइतबार धाप्लाङघाट पुग्नु भएको हो ।

मेयर बस्नेतले त्रियुगा नगरपालिका १४ सिम्ले घिर्लिङ, धाप्लाङ्गघाटका कोशी प्रभावित स्थानीय सँग भेट गरी क्षतिको अवस्थाको विवरण बुझ्नुका साथै राहत र पुर्नस्थापना बारेमा जानकारी लिनु भएको हो ।

मेयर बस्नेतले कोशीले घर बगाएका दुई परिबारलाई तत्काल राहातको व्यवस्थापन गराउन वडा अध्यक्षलाई निर्देशन दिनु भएको थियो । मन्त्री राई  सहित खोटाङको बराहपोखरी गाउँपालिका खोटाङका अध्यक्ष शालिकराम बन्जरा लगायत प्राविधिक टोलि पनि धाप्लाङघाट पुग्नु भएको थियो ।

स्थलगत अनुगमनका लागि गएका मन्त्री राईले धाप्लाङघाटस्थित सुनकोसी नदीमाथिको निर्माणाधीन मोटरेबल पुल, सोही ठाँउमा रहेको झोलुङ्गे पुल र वंसिलाघाटको झोलुङ्गे पुलमा बाढीले पुर्‍याएको क्षती तथा त्यस क्षेत्रमा रहेका बाढी पीडितको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको मन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry