उदयपुर । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्ने योजना अगाडि बढाएको छ । मन्त्रालयले हाल बन्द रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गरी सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
अर्थमन्त्री बिष्णु पौडेलले सोमबार निजीकरण समितिको बैठक राखेर सरकारी उद्योगलाई निजीकरण गरि संचालन गर्ने गरि मन्त्री परिषदमा सिफारिस गर्ने निर्णय गराएका छन ।
उदयपुर सिमेन्ट उद्योग सँगै बिराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग र हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरणका लागि वर्गीकरण गर्न सिफारिस गर्ने निर्णय मन्त्री पौडेलले गराएका हुन ।
उदयपुर सिमेन्टमा धेरै निजि क्षेत्रले आँखा गाडेको र केही स्वार्थ समुहले उदयपुर सिमेन्टलाई अहिलेको अवस्था पुर्याएर निजीकरण गराउन भुमिका खेलेको भन्दै आरोप लाग्दै आएको छ । उद्योगलाई निजीकरण गरिदा उद्योगको माताहत रहेको अरवौंको जग्गामा चलखेल गर्ने उदेश्यले केही स्वार्थ समूह उद्योगलाई बन्द गराएर निजीकरण गर्ने उदेश्यमा थियो ।