त्रि.न.पा.१२ का भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पाए जग्गाको बैधानिक पुर्जा

त्रियुगा वडा नं १२ मा सरकारी विद्यालय स्थापना गर्न मेयर बस्नेतको प्रतिबद्धता
Logo
बुधबार, कार्तिक १४, २०८१

गाईघाट । त्रियुगा नगरपालिकाको वडा नं १२ ले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ ।

राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम नगरपालिकाको वडा नं १२ ले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो ।

मंगलबार वडा नम्बर १२ स्थित त्रिवेणी टोलका भूमिहीन, अव्यवस्थित बसोबासीलाई नगर प्रमुख वसन्त बस्नेतले निस्सा वितरण गर्नु भएको हो ।

जग्गाको निस्सा वितरण गर्दै नगर प्रमुख बस्नेतले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताउनु भयो ।

जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न, जग्गाको पूर्जा नहुँदा पसल व्यवसय सञ्चालन गर्नसमेत नातागोताको सहारा लिन पर्ने बाध्यताको अन्त्य भएको र यहि निस्साले नगरपालिकाले व्यपार व्यवसाय संचालन गर्ने दिने नगर प्रमुख बस्नेतले बताउनु भयो ।

निस्सा वितरण कार्यक्रममा बोल्दै नगर पमुख बस्नेतले वडा नं १२ लाई सुव्यवस्थीत शहर बनाउने उदेश्य सहित आफू निर्वाचित भए आए पछि काम गरि रहेको र वडा नं १२ का अधिकांस सडक कालोपत्रे हुने चरणमा रहेको बताउनु भयो ।

उहाँले वडा नं १२ मा सरकारी बिद्यालय नभएका कारण साना बालबालिकाले बिद्यालय जान समस्या भएको बिषयलाई मध्य नजर गरि कक्षा १ देखि ५ सम्मको बिद्यालय संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उप प्रमुख महेश्वरी राईले अहिले वितरण गरेको निस्सा स्थानीयले के कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहेका छन त्यसको प्रमाण भएको र त्यसैका आधारमा पछि जग्गाको नाप, नक्सा र लालपुर्जा यहि निस्साको आधारमा हुने बताउनु भयो ।

वडा नम्बर १२ का कार्यवाहक वडा अध्यक्ष अनिता थापाले निस्सा पाउने सबैका लागि ऐतिहासिक दिन रहेको बताउनु भयो । आफू निर्वाचित भएर आएको दिन देखि र आफुले कार्यवाहक सम्हालेको दिन देखि  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाउन लागि परेको र आज सफल भएको स्मरण गर्दै यो आफ्नो पनि ऐतिहासिक दिन भएको बताउनु भयो ।

यस्तै नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक घनश्याम पोखरेलले आफुले भोग चलन गर्दै आएको जग्गाले बैधानिकता पाएको भन्दै यस जग्गालाई लाल पुर्जा नपाए सम्म कसैको नाममा नाम सारी गर्न वा किनबेच नगर्न आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry