दुई ठुला पार्टी मिलेर सरकार बनाएर शासन गर्ने हैन जनतामा आशा जगाउन सक्नु पर्छ : डा. शेखर कोइराला

गाईघाटमा विपीको शालीक अनावरण
Logo
शनिबार, कार्तिक २४, २०८१

उदयपुर ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका दुई ठुला पार्टी सिंह दरवारमा शासन गर्न नभएर काम गर्न गएको भनेर देखाउन पर्ने बेला आएको बताउनु भएको छ । नेपाली कांग्रेस त्रियुगाले आयोजना गरेको विपी कोइरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले सरकारले सय दिने पिरियोड समाप्त भएकाले जनतामा आशा र भरोसा जगाउने गरि काम गरेर देखाउने बेला आएको बताउनु भएको हो ।

संविधान संशोधन लगाएतका ७ बुदेँ सहमतिमा निर्माण भएको सरकारले अहिले सम्म संविधान संशोधनको कार्य शुरु नगरेकोमा चिन्ता व्यक्त गर्दै दुई ठुला पार्टी मिलेर पनि जनताको आशा अनुसार काम गर्न नसके देश ठुलो दुर्घटनामा जान सक्ने चिन्ता व्यक्त गर्नु भयो ।

त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको विचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोइरालाले हामी विपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका खराव कार्यको विरोध गर्न सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरु घिमिरे, राजिब कोईराला, केदार कार्की, लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । त्रियुगा नगरपालिका नगरप्रमुख बसन्त बस्नेतको कोषबाट निर्मित अर्धकदको शालिक करिब तिन लाखको लागतमा निर्माण सम्पन्न भएको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry