गाईघाट । त्रियुगा नगरपालिका वडा नं १२ को रिक्त वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगर्मी बढ्दो छ । १ स्वतन्त्र सहित राजनीतिक दलका ८ उम्मेद्वार गरि ९ जनाको चुनावी प्रतिस्पर्धा हुने भएको त्रिनपा १२ मा सवै उम्मेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन ।
चुनावी प्रचारप्रसारमा अगाडि देखिएका नेपाली कांग्रेसका उम्मेद्वार संजिव काफ्लेले भने जनताका घर घर पुगेर भोट माग्ने काम घर दैलो कार्यक्रमलाई आक्रमक रुपमा अगाडि बढाएका छन । इन्जिनियरिङ पेशा गर्दै आएका संजिवले घरदैलो कार्यक्रममा जनता सँग भोट संगै बिश्वास र आशिर्वाद माग्ने गरेका छन ।
वडा अध्यक्ष स्वर्गीय चुडाराज काफ्लेका छोरा संजिवले आफ्नो बुवा ५ बर्षका लागि निर्वाचित भएर आएता पनि विचमा नै दुर्घटनामा परि स्वर्गबास भएका कारण उहाँले निर्वाचन अघि गरेका वाचाहरु पूरा गर्न आफुले उम्मेद्वारी दिएको र बुवाका सवै वाचाहरु पूरा गर्न आफू कठीबद्ध भएर लाग्ने भन्दै भोट माग्ने गरेका छन ।
विश्वबैंकको लगानीमा बन्दै गरेको सडकलाई वडा नं १२ मा पार्न आफ्नो बुवाले गरेको पहल र नगर प्रमुख वसन्त बस्नेतले गर्नु भएको सहयोग सम्झिदै सन्जिवले आफुले डिजाइन दिएर काम गर्न सहज भएको बताउने गरेका छन । आफू इन्जिनियर पेशामा भएकोले वडा नं १२ लाई कस्तो बनाउने भन्ने डिजाइन समेत बनाई सकेको हुँदा त्यसलाई कार्यन्वयनमा ल्याउन पनि आफुले उम्मेद्वारी दिएर जनता माझ गएको उनले बताउने गरेका छन ।
वडा नं १२ मा क्रिकेट रंगशाला, बालबालिका-वृद्ध- अपाङ्ग आश्रम, हारित पार्क जस्ता महत्वपूर्ण स्थानको नगर प्रमुख र स्व बुवा सँगको सल्लाहमा आफुले डिजाइन गरि त्यहाँ निर्माण गर्न लगाएको बताउने गरेका छन । उनले वडा नं १२ मा कुनै पनि सरकारी बिद्यालय नहुदा सानासाना बालबालिका र निम्न बर्गिय जनताका छोराछोरीले पठनपाठन गर्न नपाएको मध्यनजर गर्दै सोनापुर- बिसनपुर त्रिबेणीटोललाई मध्यनजर गरि आधारभुत तह सम्मको बिद्यालय स्थापनाका लागि सम्पुर्ण तयारी गरि सकेको उनले घरदैलो कार्यक्रममा बताउने गरेका छन ।
आफू इन्जिनियर पेशामा भएका कारण त्रियुगा १२ मा रहेको डम्पिङ साइडलाई हटाउन अन्यत्रको सम्भावित डम्पिङ साइडको भिजिट समेत गरि त्यसको डिपिआर समेत बनाउने प्रक्रियामा आफू संलग्न रहेका कारण डम्पिङ साइड हटाउन आफू वडा अध्यक्ष जितेर आए सहज हुने घरदैलो कार्यक्रममा बताउने गरेका छन ।
आफ्नो पेशालाई अब आफुले पुर्ण कालिन जनताको सेवामा लगाउने प्रतिबद्धता सहित उम्मेद्वारी दिएको बताउने गरेका संजिवले आफ्नो प्रचारप्रसार लाई घरदैलो सहित सामाजिक संजाल र अन्य माध्यमबाट पनि तिव्र पारेका छन । सधै जान्नेलाई छान्ने भनेर भन्नेहरुका लागि पनि आफू सहि उम्मेदवार भएको भन्दै संजिवले सम्पुर्ण वडा बासीमा युवा इन्जिनियरलाई रोजी समुन्नत वडा बनाउने आफ्नो योजनामा साथ दिन अनुरोध गर्ने गरेका छन ।