गाईघाट। त्रियुगा नगरपालिका वडा नं १२ को उपनिर्वाचनको संघारमा हामी छौ । विभिन्न राजनितिक दलले आफ्नो पार्टी बाट योग्य उम्मेद्वार उठाएका छन । देशका तिन तहका सरकार मध्य तल्लो जनता संग सधै संगै हुने सरकार भनेको स्थानीय सरकारको एक अंग हो वडा अध्यक्ष पद।स्थानीय तहको निर्वाचन २०७९ बाट नेपाली कांग्रेसका तत्कालिन उम्मेदवार चुडाराज काफ्ले वडा अध्यक्ष पदमा बिजयी भएका थिए। तर आफ्नो ५ बर्षे कार्यकालको ९ महिना नबित्दै वडा अध्यक्ष चुडाराज काफ्लेको मोटरसाइकल दुर्घटना परि निधन भएका कारण त्यहि वडा अध्यक्ष पदका लागि अहिले वडा नं १२ मा उपनिर्वाचन भैरहेको छ।
यस उपनिर्वाचनमा उठेका इन्जिनियर संजिप काफ्लेलाई मत किन दिने भन्ने बिषयमा विश्लेषण गर्दै छौ । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्ष चुडाराज काफ्लेका छोरा इन्जिनियर संजिप काफ्लेले अहिले आफ्नो बुवाले गर्न थालेका अधुरा काम र नयाँ आफ्ना योजना र भिजन सहित वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन । अहिले उपनिर्वाचन हुदै गरेको पद भनेको वडा अध्यक्ष पद प्राविधिक, प्रशासनिक, उत्तरदायी, जवाफदेही र सामाजिक सम्पूर्ण किसिमले बहुयामीक पद हो।
सिविल इञ्जिनियर रहेका संजिव\ले वडा अध्यक्षको भूमिका निर्वाह गर्दा आफ्नो प्राविधिक ज्ञान र प्रशासनिक क्षमता प्रयोग गरी स्थानीय क्षेत्रको विकास र व्यवस्थापनमा योगदान दिन सक्छन । स्थानीय पूर्वाधारको विकास सडक, पुल, भवन, नाली, खानेपानी, र सिँचाइ प्रणालीको योजना, डिजाइन र निर्माणमा महत्वपूर्ण भूमीका निभाएर आफ्नो वडाको भौतिक बिकासको गति लाई बढवा दिन सक्छन ।
वडा अध्यक्षमा संजिवलाई बिजयी गराएमा उनले दिगो विकास सुनिश्चित गर्न हरित प्रविधिहरूको उपयोग गर्दै प्राकृतिक स्रोतको व्यवस्थापन पानी, जमिन, र वातावरणीय स्रोतहरूको संरक्षण र उपयोगको सही योजना बनाउने छन् । स्थानीय स्रोतको प्रभावकारी उपयोग र संरक्षण गरि भौतिक पूर्वाधारको मर्मत र सुधार जीर्ण अवस्थाका संरचनाहरूको मर्मत तथा पुनर्निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छन ।
त्रियुगा वडा नं १२ दुई ठुला नदि बरुवा र त्रियुगाको किनारमा पर्ने भएकाले विपद् व्यवस्थापनको लागि पूर्वाधार सुधार गरि वडाबासीलाई आनन्दको निन्द्रामा सुताउन मदत् गर्ने छन्स। समुदायको क्षमता वृद्धि प्राविधिक तालिमहरू आयोजना गरी स्थानीय जनतालाई दक्षता प्रदान गरि रोजगार सिर्जना गर्ने योजनाहरु ल्याउने छन्।
स्थानीय आवश्यकताका आधारमा व्यवस्थित विकास योजनाहरू निर्माण गरि समुदायसँग परामर्श गरी जनताको चाहनाअनुसार योजना कार्यान्वयनमा ल्याई सफा र व्यवस्थित क्षेत्र निर्माण सरसफाई अभियान, फोहोर व्यवस्थापन, र हरियाली प्रवर्द्धन गर्नमा उनको भूमिका महत्वपूर्ण हुनेछ । वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) जस्ता प्राविधिक अध्ययनहरू सुनिश्चितगरि बातावरण लाई सन्तुलनमा राखी स्वस्थ र शिक्षित वडा निर्माण गर्ने कुरा पक्का छ। वडाको बजेट निर्माण, योजना अनुमोदन, र अनुगमन कानुनी मापदण्डहरू अनुसार विकास योजनाहरू कार्यान्वयन गर्न वडा अध्यक्षको भूमिकामा प्राविधिक ज्ञान र नेतृत्व क्षमताले स्थानीय क्षेत्रको दिगो विकासमा विशेष योगदान पुर्याउन सक्ने छन ।