गाईघाटमा तेस्रो खाना पारिकार मेला र लाखेनाच प्रतियोगिता शुरु

Logo
मंगलबार, पुष ०२, २०८१

उदयपुर । तेश्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सव २०८१ गाईघाटको पिपलचोकमा सुरु भएको छ । “कला र संस्कृति संरक्षण, आन्तरिक पर्यटन प्रवर्धन, पहुँच, पहिचान र परिकार, स्वरोजगार समृद्धिको मूल आधार“ भन्ने नाराका साथ गाईघाट स्थित पिपलचौकमा महोत्सव सुरु भएको हो ।

झिगु नेवाः पुचः गाईघाटको आयोजना तथा त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका वडा नं ११ को सह आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो ।

महोत्सवको एक समारोहका विच त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्तकुमार बस्नेतले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर बस्नेतले स्थानीय खानाका परिकारको प्रचारले जनतालाई आफ्ना मौलिक परम्परामा गर्व गर्न प्रेरित गर्नुका साथै पर्यटकीय विकासमा योगदान पुर्‍याउने बताउनु भयो।

महोत्सवमा लाखेनाच प्रतियोगिता समेतको आयोजना गरेर आयोजकले लोप हुँदै गएका सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउँदै त्रियुगा नगरपालिकाको पर्यापर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमका उपप्रमुख महेश्वरी राईले स्थानीय परम्परा र संस्कृतिलाई जगेर्ना गर्न यस्ता महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले महोत्सवले रैथाने परम्परालाई जोगाउन थप ऊर्जा मिल्ने बताउनुभयो ।

महोत्सवको उद्घाटन कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष, महोत्सव आयोजक समितिका पदाधिकारी, स्थानीय पत्रकार, तथा गाईघाटका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महोत्सवको प्रमुख आकर्षण स्थानीय खाना परिकारका स्टलहरू र लाखेनाच प्रतियोगिता हुन् । कार्यक्रममा स्थानीय समुदायले आफ्नो परम्परागत कला र संस्कृतिका झलक प्रस्तुत गर्दै आगन्तुकलाई मनोरञ्जन प्रदान गरिरहेका छन ।

यसले युवा पुस्तामा आफ्नो पहिचानप्रति गर्व गर्ने भावना विकास गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।महोत्सवले केवल सांस्कृतिक जगेर्ना गर्ने मात्र नभएर आन्तरिक पर्यटन प्रवर्द्धन र स्वरोजगार जनशक्ति सिर्जना गर्नमा पनि टेवा पुग्ने आयोजकहरूको विश्वास छ।

स्थानीय खाना परिकार र परम्परागत नाचगानको माध्यमबाट सहभागितालाई बृद्धि गर्दै महोत्सवले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तेश्रो संस्करणमा प्रवेश गरेको यो महोत्सवले हरेक वर्ष नयाँ आयाम थप्दै जाने आयोजक समितिले बताएको छ। महोत्सवका गतिविधिहरू केही दिनसम्म चल्नेछन्।महोत्सवमा आउने आगन्तुकलाई स्वागत गर्दै आयोजकहरूले स्थानीय परिकारको स्वाद र लाखेनाचको सांस्कृतिक अनुभव लिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry