उदयपुर । कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगिताको प्रथम उपाधी नेवा दय दवु नगर समिति रामधुनी सुनसरीले हात पारेको छ । उदयपुरमा जारी कोशी प्रदेश स्तरीय दोस्रो लाखे नाच प्रतियोगितामा प्रथम भएसंगै उसले एक लाख एक रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा इन्द्रपुुुर नेवा पुुच सुन्दरहरैचा मोरङ दोस्रो बनेको छ । प्रतियोगितामा इन्द्रपुुुर नेवा पुुच सुन्दरहरैचा मोरङले ७५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ । विभिन्न ठाउँबाट आएका १४ लाखेहरुको प्रतिस्पर्धामा पासा खल धरान तेस्रो भएको छ । उस्ले तेस्रो भए सँगै ५१ हजार रुपैया र ट्रफी जितेको छ । सान्त्वना पुरस्कार स्वरुप नेवा देय दवु लेटाङ्ग र नेवार संघ भोर्ले कटारी लाई १० हजार पुरस्कार प्रदान गरिएको छ ।
पहिलो एक लाख राशिको पुरस्कार त्रियुगा नगरपालिकाका तर्फबाट मेयर बसन्त बस्नेतले प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार कटारी नगरपालिकाका तर्फबाट मेयर राजेशचन्द्र श्रेष्ठले प्रायोजन गरेको आयोजकले जनाएको छ । सम्पूर्ण पुरस्कार र ट्रफी कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले विजयीहरुलाई प्रदान गर्नु भएको थियो।
झण्डैँ सयौ वर्ष इतिहास बोकेको लाखे नाचप्रति स्थानीय युवाको चासो बढ्न थाले पछि झिगु नेवा पुच गाईघाटले विगत तिन वर्ष देखि बर्षेनी खान परिकार मेला संगै कोशी प्रदेश स्तरिय लाखे नाच प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा नेवा देय दवु इटहरी, नेवा पुच खल दोबेला खोटाङ, नेपाल खड्गी सेवा समिति धरान, नेवार संघ भोर्ले कटारी, नेवार देय दवु लेटाङ्ग, इन्द्रपुर नेवा पुच मोरङ, नेवाः देय दवु नगर समिति रामधुनी सुनसरी, दिक्तेल बजार सामाजिक गुठि दिक्तेल, नेपाल भाषा तथा संस्कृति समाज इलाम र नेवा पासा मुना पुच बिर्तामोड, जोगीदह नेवा खल समिति, नेवा समाज समिति काकरभिट्टा र नेवा समाज वराहक्षेत्र चकरघट्टी सुनसरीले प्रतिस्पर्धा गरेका थिए ।