उदयपुर । नेपाली कांग्रेस त्रियुगा नगर कमिटीले पार्टीको सांगठनिक कामका लागि तोकिएको सय दिने अभियान पुरा गरेको छ । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यलयमा आज नगर स्तरीय भेला तथा समिक्षा गर्दै नगर कार्यसमितिले केन्द्र बाट आएका केन्द्रीय नेता, पार्टी सभापति लगायत अन्य नेताहरुको उपस्थितिमा आफ्नो नगर स्तरीय अभियान पुरा गरेको बताएको हो ।
सय दिने अभियानलाई पुरा गर्न केन्द्रबाट केन्द्रीय सदस्यलाई जिल्लामा र जिल्लाबाट जिल्ला सदस्यलाई पालिका तथा वडामा खटाइएको थियो । जिल्ला प्रतिनिधि सहित विभिन्न संघ संगठनका प्रतिनिधिहरुले सय दिने अभियानलाई तोकिएको स्थानमा पुगेर संगठनमा खट्ने गरी कार्यादेश दिएकोमा सोही अनुसार अभियान पुरा गरि अभियानमा उठेका बिषयलाई पार्टी संगठनको माथिल्लो निकाएमा प्रतिबेदन बुझाउने गरि अभियान पुरा गरिएको नगर सभापति प्रकाश खड्काले बताउनु भयो ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी शुरु गरिएको अभियानले गाउँ वस्तीका कांग्रेसहरुको स्थिति के रहेछ भन्ने बुझ्न अभियानको आयोजना गरिएको केन्द्रीय सदस्य तथा अभियानका उदयपुर प्रतिनिधि तारामान गुरुङले बताउनु भयो ।
स्थानीय तहमा जितेर गएका कांग्रेसका जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई सँगै लिएर जान नसकी रहेको अवस्थामा सय दिने अभियानले जनप्रतिनिधि र पार्टीलाई एक ठाउँमा ल्याएर छलफल गर्ने वातावरण वनेको जिल्ला सभापति हिमाल कार्कीले बताउनु भयो ।
स्थानीय कांग्रेसका जनप्रतिनिधि र पार्टी बिचमा समन्वय नहुदा कांग्रेसका जनप्रतिनिधिले गरेका राम्रा कामको पार्टीले अपन्त्व लिन नसकी रहेको अवस्थामा अब यो अभियान पछि समन्वयकारी भुमिका हुने र स्थानीय सरकार र पार्टी जोडिएर राम्रा कामको प्रसंसा गर्ने र नराम्रा काममा सच्याउदै लैजाने गरि काम हुने सभापति कार्कीले बिश्वास व्यक्त गर्नु भयो ।