बरुवाले कटान गरेर भत्काएको तटबन्ध बनाउन सुरु

Logo
बिहिबार, माघ ०३, २०८१

बाढीबाट सदरमुकाम गाईघाट बजार बचाउ अभियान अन्तर्गत उदयपुरको बरुवा खोलामा तटबन्ध लगाउने कामको सुरु भएको छ ।  गत असारमा आएको बाढीले पुरानो बाँध कटान गर्दै बरुवा खोला सदरमुकाम पस्ने जोखिम बढे पछि  बाढीबाट सदरमुकाम गाईघाट बजार बचाउ अभियान अन्तर्गत एक करोडको लागतमा तटबन्ध लगाउने काम सुरु भएको हो ।

यस अगाडि पनि गाईघाटलाई जोगाउन सदरमुकाम गाईघाट बचाउ अभियानमा आएको रकम सामान्य देखावटीरुपमा काम गरेर झारो टार्ने काम गरिदै आउँदा बरुवाको बाढीले गाईघाट कैले बगाउने हो भन्ने चिन्ताले सदरमुकाम बासीलाई चिन्तित बनाउदै आएको थियो ।

हरेक बर्ष जसो संघिय सरकारबाट आउने सदरमुकाम बचाउ अभियानको रकम संघिय कार्यलयहरुले स्थानीय सरकार सँग समन्वय नगरि जहाँ मन लाग्यो त्यहीँ झारो टार्ने काम गर्दै आफ्नो पेट भर्ने काम गर्दा रकमको सहि सदुपयोग हुन सकेको थिएन ।

यस पटक भने बरुवाले कटान गरि सदरमुकाम गाईघाट बजार डुवानको संकटमा परे पछि सदरमुकाममै पर्ने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले चासो दिएर कटान क्षेत्रमा तटबन्ध लगाउन दवाब दिए सँगै तटबन्धको काम सुरु भएको हो ।

गत असारमा आएको बरुवाको बाढीले त्रियुगा नगरपालिका वडा नं ११ स्थित ढिम्की पिकनिक स्पोर्ट्स नजिकै कटान गरेको थियो भने वडा नं ११ कै चप्पन नजिकै पनि कटान गरेर पुरानो तटबन्ध भत्काएको थियो । बरुवाले कटान गरेर भत्काएका दुवै स्थानमा तटबन्ध लगाउने गरि काम शुरु गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

बरुवा खोलाले धार परिवर्तन गरेर सदरमुकाम तिर बढी हानिएर कटान सुरु गरे पछि तटबन्ध निर्माण गर्नुका साथै बरुवाको धारलाई बिचबाट बगाउन कटान क्षेत्रको तल र माथी नदिजन्य पदार्थ निकालेर बिचमा चेनल बनाएर बाढीलाई नियन्त्रण गर्ने गरि योजना बनाएर काम थालनी गरिएको मेयर बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry